New Baneswor Kathmandu, Nepal

इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीच भएको युद्धविरामपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरू रिहा गर्ने कार्यक्रम छ। तर आज रिहा हुने २० जनाको सूचीमा कञ्चनपुरका विपिन जोशीको नाम छैन।

अध्ययनको उद्देश्यले इजरायल पुगेका विपिन जोशी गत अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणमा बन्धक बनाइएका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए। हमासका लडाकुहरूले विपिनलाई आफ्नो कब्जामा लिएर लगेका थिए।

सन् २०२३ नोभेम्बर १७ मा उनी गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए, तर त्यसपछि उनको अवस्था अज्ञात छ। गत बुधबार उनका पुराना भिडियोमध्ये एक सार्वजनिक गरिएको थियो।

विपिनको अवस्था पत्ता लगाउन सरकारको पहलमा उनकी आमा र बहिनी पहिले इजरायल गएर फर्किसकेका छन् र अहिले उनीहरू अमेरिकामा छन्। सरकारको कूटनीतिक प्रयास विपिनको अवस्थाबारे जानकारी सार्वजनिक गर्न जारी छ, तर अहिलेसम्म यसमा ठोस प्रगति देखिएको छैन।

Share this article

Default Admin

Admin

Site Administrator

Oct 27, 2025 1 min read